एकै दिन १२ अंकले घट्यो नेप्से

Sep 7th, 2020

काठमाडौ, भदौ २२

नेप्से एकै दिन १२ अंकले घटेको छ । आज सोमबार नेप्से १२ दसमलव १७ अंकले घटेर १४ सय ८७ दसमलव ८१ अंकमा झर्दा सेन्सिटिभ तीन दसमलव ५५ अंकले घटेर दुुई दसमलव ९८ दसमलव ६४ अंकमा झरेको छ । आज एक सय ९२ कम्पनीहरुको २८ हजार ७८ वटा कारोवारमा ५५ लाख ९५ हजार पाँच सय ५१ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम दुुई अर्ब १६ करोड ४९ लाख ३० हजार दुुई सय १४ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुुंदा चार वटा समुहको सुचक बढेकाछन भने आठ वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दसमलव ३६ अंकले घटेर १२ सय नौ दसमलव ३० अंकमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ४६ दसमलव ७६ अंकले घटेर सात हजार चार सय दसमलव ९३ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, जलबिद्युुत, जीवन बीमा, होटल, उत्पादनमुलक र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । फाईनान्स, लघुुबित्त, टे«डिङ र अन्य समुहको सुचक भने आज बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा उन्नती सहकार्य लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।