• गृहपृष्ठ
  • रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत

रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत

Sep 7th, 2020

काठमाडौ, भदौ २२

रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर सुचीकृत भएको छ । कम्पनीले यही भदौ पाँच गतदेखि भदौ आठ गतेसम्म सर्वसाधारणमा प्रारम्भिक निष्काशन मार्फत जारी गरी भदौ १२ गतेका दिन बाँडफाँट गरेको एक सय अंकित दरका ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचीकृत भएको हो ।

सो समझदारी पत्रमा रिलायन्स लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेकाछन । रिलायन्स लाइफले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्न, शेयर दाखिला खारेज गर्न, नामसारी गर्न लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही गर्न सनराईज क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारकोरुपमा नियुक्त गरेको छ । बीमा समितिबाट पछिल्लो समय इजाजत प्राप्त १० नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सर्वसाधारणमा शेयरको सार्वजनिक निष्काशन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हो ।