• गृहपृष्ठ
  • खतिवडा अर्थमन्त्रीबाट बाहिरिदा झनै किन घट्यो बजार ? अर्थमन्त्रीलाई दोष दिदै टाठाबाठाले कमाए

खतिवडा अर्थमन्त्रीबाट बाहिरिदा झनै किन घट्यो बजार ? अर्थमन्त्रीलाई दोष दिदै टाठाबाठाले कमाए

Sep 7th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, भदौ २२

खतिवडाले आफ्नो कार्यकाल भरि सेयरबजार घटेको दोष खेप्नु पर्याे । उनि गएको भोलिपल्ट डेढ सय अंक बढ्छ भनेर हल्ला फिजाइएपनि बजार भने झनै १० अंकले घटेको छ ।

उनि जाने भन्ने हल्ला चलाएर केहिले त सेयर मूल्य बढाएर आफ्नो नाफा सुरक्षित गरिसकेका छन् ।

उनको कार्यकाल भित्र किन बजार घट्यो र सेयर बजारका लगानीकर्ताको आन्दोलन भयो त ? युवराज खतिवडा २०७४ फागुन १५ गते अर्थमन्त्रीका रुपमा नियुक्त भएका थिए । जतिबेला बजार १३ सय ६४ अंकमा थियो । त्यसका भोलिपल्ट उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी सँग बोल्दै सेयरबजारसँगै घरजग्गा र अटोमोबाइल्स क्षेत्रलाई अनुत्पादक क्षेत्रको रुपमा ब्याख्या गरेका थिए । त्यसपछि उनको आलोचना हुन सुरु गरेको थियो ।

उनि मन्त्री भएको एक महिनामै बजार १ सय ५७ अंकले घटेर १ हजार २ सय ७ अंकमा आइपुगेको थियो ।

उनि प्रधानमन्त्री केपी शर्मा ओलीका निकट । पार्टि राजनीति नगरि सिधै मन्त्री बनेका । यसपछि अर्थमन्त्रीका आकांक्षी रहेकाहरु उनिसँग चिढिएका थिए । खतिवडा कसरी हटाउन सकिन्छ भन्ने अर्थमन्त्रीका आकांक्षी रहेका सुरेन्द्र पाण्डे देखि बिष्णु पौडेल सम्मको जोड थियो ।

१८ सय ८१ रहेका बेला लगानी गरेका लगानीकर्ता १५ सय तल ओर्लिएपछि आन्दोलनमै उत्रिए । तर रमाइलो कुरा के छ भने सेयरबजारको आन्दोलनको नेर्तत्व गर्नेहरु सुरेन्द्र पाण्डेका कार्यकर्ता थिए ।

२०७५ मंसिरबाट सेयरलगानीकर्ताले खतिवडाको राजिनामा माग गर्दै अनसन सुरु गरेपछि खतिवडाले मुद्रा तथा पुँजीबजारमा देखिएका समस्या समाधान गर्न एक समिति बनाए । त्यसपछि भने उनि निरन्तर बजार सुधारका लागि नीतिगत सुधारका लागि लागे ।

पुँजीगत लाभकर घटाउने र मार्केट डिलर बजार प्रवेशका लागि नीतिगत व्यवस्था गरे । तर सेयर लगानीकर्ताले भने उनलाई सधै बजार बिरोधीका रुपमा चित्रण गरे । उनि मन्त्रीबाट बाहिरिएपछि बजार १ सय देखि डेढ सय अंक सम्म माथि जाने लगानीकर्ताको आकलन थियो । तर मन्त्री बाहिरिएपछि आइतबार भएको कारोबारमा त बजार झनै १० दशमलव चार पाच अंकले घटेर १ हजार ४ सय ९९ दशमलव नौ सात अंक कामय भयो ।

अर्थमन्त्री जाने हल्ला चलाएर बजार बढाएर नाफा बुक गर्न खोज्नेहरुका कारण आज बजारमा करेक्सन् आएको देखिन्छ ।

अर्थमन्त्री खतिवडा नियुक्त हुँदाका दिन १३ सय ६४ अंकमा रहेको नेप्से परिसुचक उनि बाहिरिदाका दिनसम्ममा १ सय ४६ अंकले घटेर १५ सय १० अंकमा थियो । उनिरहेकै बिचमा पनि बजार गत फागुन १८ गते १६ सय २० अंकमा समेत पुगेको थियो । अहिले उनि बाहिरिने चर्चा भएसँगै गत साताको आइतबार देखि नेप्से परिसुचकमा बृद्धि मात्रै होइन कारोबार पनि उच्च भएको थियो ।