• गृहपृष्ठ
  • पामा केयरको गुणस्तरीय ह्यान्डवास बजारमा

पामा केयरको गुणस्तरीय ह्यान्डवास बजारमा

Sep 6th, 2020

काठमाडौ, भदौ २१

एक दशकदेखि जनस्वास्थ्य र सरसफाइसँग सम्बन्धित विभिन्न वस्तु उत्पादन गर्दै आएको ब्रान्ड पामाकेयरले पछिल्लो समय उच्च गुणस्तरको ह्यान्डवास ल्याएको छ । आइएसओ ९००१ः२०१५ प्रमाणित यो कम्पनीले विभिन्न फ्लेबरमा ह्यान्डवास प्रस्तुत गरेको कम्पनीका सञ्चालक महेशकुमार चौधरीले बताउनुभयो ।

जिएमपी प्रमाणित प्लान्टमा स्यानिटाइजर लगायत जनस्वास्थ्य र सरसफाइसँग सम्बन्धित अन्य वस्तु उत्पादन गरी बिक्री वितरण गरिरहेको कम्पनीले कोभिड–१९ को महामारीबीच ह्यान्डवास उत्पादन सुरु गरेको हो । विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमण रोकथाममा स्यानिटाइजर, ह्यान्डवास, साबुन, मास्क जस्ता वस्तुको भूमिका प्रभावकारी देखिएको तथा विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञहरुले यसको प्रयोगमा जोड दिइरहेको सन्दर्भमा कम्पनीले सुपथ मूल्यमा सर्वसाधारणले गुणस्तरीय ह्यान्डवास प्राप्त गर्न सकून् भनेर यसको उत्पादन सुरु गरेको चौधरीले बताउनुभयो । यो ह्यान्डवासमा ब्याक्टेरिया, भाइरस जस्ता मानव शरीरका लागि हानिकारक तत्वलाई समूल नष्ट गर्ने फर्मुला र पदार्थको सम्मिश्रण छ ।

कम्पनीले यसअघि नै पामाकेयर ब्रान्डमा उच्च गुणस्तरको स्यानिटाइजर उत्पादन गरी बजारमा उपलब्ध गराइरहेको छ । पामाकेयर स्यानिटाइजर उपभोक्तामाझ निकै लोकप्रिय छ ।
उहाँका अनुसार पामाकेयरका ह्यान्डवास विभिन्न फ्लेवरमा उपलब्ध छन् । उपभोक्ताले आफ्नो रुची अनुसार लेभेन्डर एन्ड वाटर लिली, लेमन एन्ड मेन्डेरियन, टी ट्री एन्ड एप्पल फ्लेवरका ह्यान्डवास रोज्न सक्ने चौधरीले बताउनुभयो । हाललाई २५० मिलिलिटरको पम्पसहितको प्याकमा उपलब्ध ह्यान्डवासको मूल्य एक सय ५२ रुपैयाँ तोकिएको छ । रिफिल प्याकको हकमा एक लिटरको प्याक बजारमा पठाइएको कम्पनीले जनाएको छ ।