• गृहपृष्ठ
  • लिवर्टी ईनर्जीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

लिवर्टी ईनर्जीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

Sep 6th, 2020

काठमाडौ, भदौ २१

लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले शेयर सम्बन्धि सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । नियुक्ती सम्वन्धी सम्झौताम ालिवर्टी ईनर्जी कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरे तथा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुुन ।

साथै लिवर्टी ईनर्जीको शेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि प्रभु क्यापिटल लिमिटेड, कमलादीमा सम्पर्क गर्न समेत कम्पनीले अनुुरोध गरेको छ ।