पहिलो दिन नै उच्च अंकले घट्यो नेप्से

Sep 6th, 2020

काठमाडौ, भदौ २१
साताको पहिलो दिन नै नेप्से उच्च अंकले घटेको छ । नेप्से आज १० दसमलव ४५ अंकले घटेर १४ सय ९९ दसमलव ९७ अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि दुुई दसमलव ५४ अंकले घटेर तीन सय दुुई दसमलव १२ अंकमा झरेको छ । एक सय ९१ कम्पनीहरुको ३४ हजार आठ सय ६३ वटा कारोवारमा ७० लाख ३८ हजार नौ सय ९० कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम दुुई अर्ब ७८ करोड २३ लाख ७७ हजार आठ सय ८७ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा टे«डिङ र सामुुहिक लगानी कोष समुहको सुचक बढेपनि बाँकी १० वटा समुहको सुचक उच्च अंकले घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव १४ अंकले घटेर १२ सय २६ दसमलव ६६ अंकमा झर्दा जलबिद्युुत समुहको सुचक पाँच दसमलव ७४ अंकले घटेर एक हजार ७६ दसमलव ४८ अंकमा झरेको छ । यि बाहेक लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा उन्नती सहकार्य लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।