• गृहपृष्ठ
  • रलेस प्रतिभा पुरस्कार–२०७७ वासुदेव अधिकारीलाई दिइने

रलेस प्रतिभा पुरस्कार–२०७७ वासुदेव अधिकारीलाई दिइने

Sep 5th, 2020

काठमाडौ, भदौ २०

प्रगतिशील लेखक सङ्घ, नेपालले वि.सं. २०७७ को प्रलेस प्रतिभा पुरस्कार प्रगतिवादी साहित्यकार वासुदेव अधिकारीलाई प्रदान गर्ने निर्णय भएको छ । प्रलेसका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीले सो जानकारी दिएकाछन ।

साहित्यिक पत्रकारका रूपमा समेत सुपरिचित अधिकारीका ‘समयका स्वरहरू’, ‘मनको हरियो मनको गीत’, ‘आफन्तलाई सम्बोधन’, ‘युरोस्पर्श ’, च्यातिएको शब्दकोश, ‘गायब सभामुख’, ‘बस्तीमा आगो’ नामक कविता, गीत र गजल सङ्ग्रहलगायत विभिन्न फुटकर रचनाहरू प्रकाशित छन् । प्रलेसले उक्त पुरस्कारका लागि नाम सिफारिस गर्न उपाध्यक्ष सुशीला प्रधानाङ्गको संयोजकत्वमा एक समिति गठन गरेको थियो ।

प्रलेसको ६९ औँ स्थापना दिवस आगामी असोज ५ गते मनाइँदै छ । उक्त कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न गरिने प्रलेस केन्द्रीय कार्यालयले जनाएको छ ।