• गृहपृष्ठ
  • सेयरबजारमा घाटा सहेरै म्युच्युल फन्डका सेयर बेच्दै लगानीकर्ता, लगानीकर्ता रित्तो हात सञ्चालक मालामाल

सेयरबजारमा घाटा सहेरै म्युच्युल फन्डका सेयर बेच्दै लगानीकर्ता, लगानीकर्ता रित्तो हात सञ्चालक मालामाल

Sep 4th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, भदौं १९

सेयरबजारमा सुचिकृत १८ म्युच्युल फन्डमध्ये १२ वटाको मूल्य १० रुपैयाँ भन्दा तल अर्थात प्राथमिक बजारमा खरिद गर्दाको मूल्य भन्दा पनि तल छ । प्रतिइकाई खुद सम्पत्ति १० रुपैयाँ भन्दा माथि हुँदा पनि लगानीकर्ताले घाटा सहेरै म्युच्युल फन्ड बेचिरहेका छन् ।

प्राथमिक बजारमा १० रुपैयाँमा खरिद गरेका यस्ता इकाहरुमा लगानीकर्ताको आकर्षण घटेकाले मूल्य घट्न गएको हो । अहिले सेयरबजारमा लक्ष्मी इक्वीटीको ८ दशमलव ७७ ग्लोबल आइएमइ समुन्नती स्कीमको ९, लक्ष्मी भ्यालु फन्डको ९ दशमलव ५ चारमा खरिद गर्न सकिन्छ । राज्यले म्युचुअल फण्डलाई प्रवद्र्धन गर्न आइपीओमा ५ प्रतिशत आरक्षण र आयमा कर नै नलाग्ने व्यवस्था गरेपनि उनिहरुले भने लगानीकर्तालाई आकर्षण गर्न सकेका छैनन् ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम वान परिपक्व भइसकेको र सिटिजन्स म्युच्युल फन्ड दुई सुचिकृत भएपनि कारोबार नभएकाले सेयरबजारमा कारोबार हुने १६ कम्पनी मध्ये १२ वटा कम्पनीको मूल्य १० रुपैयाँ भन्दा कम देखिन्छ ।

सेयरबजारमा १० रुपैयाँभन्दा तल रहेका म्युच्युल फन्ड

ग्लोबल समुन्न स्कीमले सञ्चालनमा आएको ५ वर्षमो यो वर्ष पहिलो पटक ४ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । यो योजना परिपक्व हुन अब दुई, वर्ष छ । अहिलेको प्रति इकाई खुद सम्पत्तिलाई आधार मान्ने हो भने यसले ग्राहकको लगानीमा जम्मा ६४ पैसा बृद्धि गरेको छ । यसले लाभांस दिन नसकेपछि अहिले लगानीकर्ताले प्रति इकाई ७८ पैसा घाटा सहेरै भएपनि ९ रुपैयाँ ८६ पैसामा सेयर बेचिरहेका छन् ।

गत आर्थिक वर्षको नाफाबाट लाभांस घोषणा

म्युच्युल फन्डमा बिज्ञ समुहहरुको टोली हुन्छ भनिएपनि सेयरबजारमा घटेको मूल्यलाई आधार मान्ने हो भने लगानीकर्ता उनिहरुले दिएको लाभांसमा सन्तुष्ट छैनन् । गत वर्षको नाफाबाट सबैभन्दा कम लाभांस दिनेमा ग्लोबल समुन्नत सँगै लक्ष्मी इक्वीटी, सिद्धार्थ ग्रोथ स्कीम दुई र नबिल इक्वीटी फन्ड छन् भने सबैभन्दा बढि दिने एनआईसी एसिया ग्रोथ फन्ड र एनआइबिएलले १२ प्रतिशत सम्म लाभांस दिएका छन् ।

सेयरबजारमा १० रुपैयाँ भन्दा कम मूल्य भएका यस्ता १२ फन्ड मध्ये को ११ प्रति इकाई खुद सम्पत्ति मूल्य भने १० रुपैयाँ भन्दा माथि छ । सेयरबजार तथा बैंकको मुद्दति निक्षेप र बचतमा राखेको रकमबाट प्राप्त आयका कारण वास्तवीक रुपमा ११ फन्डमा लगानीकर्ताले लगानी गरेको १० रुपैयाँमा सम्पत्ति केहि थप भएको छ ।

प्रति इकाई खुद सम्पत्ति मूल्य (NAV )

प्रतिइकाई खुद सम्पत्ति १० रुपैयाँ भन्दा माथि भएपनि सेयरलगानीकर्ताले भने घटेर सेयर बेचिरहेका छन् । म्युच्युल फन्ड सञ्चालकहरु भने घट्दो बजारको प्रभावका कारण प्रतिइकाई मूल्यमा प्रभाव परेको बताउँछन् ।

घट्दो बजारका बेलामा पनि हुने किनबेचबाट प्रतिफल निकाल्नका लागि नै म्युच्युल फन्डमा लगानी गर्ने हो । दक्ष जनशक्तिको अभावका कारण म्युच्युल फन्डले लगानीकर्तालाई आकर्षण गर्न सकेका छैन । लगानीकर्ताले खासै लाभ पाउन नसकेपनि सञ्चालकहरुले भने आकर्षक सेवा सुविधा पाउँदै आएका छन् ।