शुन्य दसमलव १५ अंकले घट्यो नेप्से

Sep 3rd, 2020

काठमाडौ, भदौ १८

आज बिहिबार नेप्से शुन्य दसमलव १५ अंकले घटेर १५ सय १० दसमलव ४२ अंकमा पुगेको छ । सेन्सिटिभ भने आज शुन्य दसमलव १४ अंकले बढेर तीन सय चार दसमलव ७३ अंकमा चढेको छ । आज एक सय ८६ कम्पनीहरुको ३९ हजार दुुई सय पाँच वटा कारोवारमा ९३ लाख दुुई हजार नौ सय ७० कित्ता सेयर किनबेच हुंदा कारोवार रकम दुुई अर्ब ६३ करोड ४८ लाख ८६ हजार दुुई सय ३१ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहको सु्चक घटेकाछन भने सात वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दसमलव ९६ अंकले घटेर १२ सय ३४ दसमलव ८० अंकमा झर्दा बिकास बैंक, जलबिद्युुत, टे«डिङ र उत्पादनमुुलक समुहको सुचक पनि घटेकाछन । निर्जिवन बीमा समुहको सुचक भने ६७ दसमलव ३४ अंकले बढेर सात हजार चार सय ७० दसमलव २८ अंकमा चढ्दा जीवन बीमा, होटल, फाईनान्स, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा उन्नती सहकार्य लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पाँचथदर पावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ ।