एकै दिन २५ अंकले बढ्यो नेप्से

Sep 2nd, 2020

काठमाडौ, भदौ १७

नेप्से आज बुधबार एकै दिन २५ दसमलव ५८ अंकले बढेर १५ सय १० दसमलव ५७ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि छ दसमलव २५ अंकले बढेर तीन सय चार दसमलव ६० अंकमा चढेको छ । एक सय ८६ कम्पनीहरुको ४५ हजार दुुई सय ७२ वटा कारोवारमा ९६ लाख ८६ हजार नौ कित्ता सेयर किनबेच हुंदा आज कारोवार रकम चार अर्ब १८ करोड ८१ लाख ३६ हजार एक सय १५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा निर्जिवन बीमा र जीवन बीमा समुहको सुचक घटेपनि बाँकी १० वटा समुहको सुचक भने बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव ७८ अंकले बढेर १२ सय ३७ दसमलव ७६ अंकमा चढेको छ भने जलबिद्युुत समुहको सुचक ९४ दसमलव २२ अंकले बढेर ११ सय सात दसमलव २० अंकमा चढेको छ । बिकास बैंक, लघुुबित्त, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा अपी पावर लिमिटेड परेको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा प्रभुु इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।