एकै दिन २२ अंकले बढ्यो नेप्से

Aug 31st, 2020

काठमाडौ, भदौ १५

आज सोमबार नेप्से २२ दसमलव ३१ अंकले बढेर १४ सय ८४ दसमलव ९९ अंकमा चढेको छ । सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव पाँच अंकले बढेर दुुई सय ९८ दसमलव ३५ अंकमा चढेको छ । नेप्सेमा आज एक सय ८९ कम्पनीहरुको ४० हजार दुुई सय तीन वटा कारोवारमा ७७ लाख ६३ हजार ५६ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम तीन अर्ब ४६ करोड २५ लाख ६६ हजार एक सय २५ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा होटल समुहको सुचक घटेपनि बाँकी समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव ९५ अंकले बढेर १२ सय १७ दसमलव ९७ पुुगेको छ भने निर्जिवन बीमा, बिकास बैंक, लघुुबित्त, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज कमाउने कम्पनीको सुचीमा पहिलो शिखर इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा अरुण कावेली पावर लिमिटेड परेको छ । रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।