• गृहपृष्ठ
  • गायक नरेश रेग्मीको नयाँ गीत ‘म सास बन्न पाए’ सार्वजनिक (भिडियाे)

गायक नरेश रेग्मीको नयाँ गीत ‘म सास बन्न पाए’ सार्वजनिक (भिडियाे)

Aug 31st, 2020

काठमाडौ, भदौ १५

गायक नरेश रेग्मीले नयाँ गीत ’म सास बन्न पाए’ सार्वजनिक गरेका छन् । जहाँ मोडल तथा नायक पुष्प खडका र एलिजा गौतम फिचर्ड छन् । जहाँ उनीहरुको क्यमेसट्री गज्ब्बको देखिएको छ । यी दुईको जोडी पहिलो पटक भिडियोमा देखिएको हो । गीतको म्युजिकलाई लिएर गाएक रेग्मी बिस्वस्त देखिन्छन् । उनि भन्छन ’ हाम्रो प्रयासलाई दर्शक स्रोताहरुले रुचाउनुहुनेछ भन्ने आश राखेको छु ’

हाल अस्ट्रेलिया बस्दै आएका गायक रेग्मीले नेपाल रहदा थुप्रै म्युजिक भिडियोमा अभिनय समेत गरेका छन । रोमान्टिक शैलीको गीतमा शब्द संगीत भने बसन्त सापकोटाको सुन्न सकिन्छ । शिव बिकले निर्दशन गरेको भिडियोमा अर्जुन तिवारीको छायाँकन, मिलन बिस्वकर्माको सम्पादन, सुरेश काफ्लेको ड्रोन, पारु अधिकारीको ड्रेस समाबेस छ । गीतलाई एनआर क्रिएसनले बजारमा ल्याएको हो ।