• गृहपृष्ठ
  • मन्त्रीको सम्धी मोहबारे बन्यो पहिलो फिल्म ‘सम्धी काण्ड’ (हेर्नुस् भिडियाे)

मन्त्रीको सम्धी मोहबारे बन्यो पहिलो फिल्म ‘सम्धी काण्ड’ (हेर्नुस् भिडियाे)

Aug 31st, 2020

काठमाडौ, भदौ १५

नेपाली राजनीतिको फोहोरी खेल आफ्नालाई मात्र अवसर दिनु हो । पछिल्लो पटक राजनीतिक नियुत्तीको बिषयमा धेरै आलोचना पनि हुने गरेका छन् । धेरै ठाउँमा सरकारले ध्यान नदिदा पनि यस्ता खालका प्रश्नहरु आउने गर्छन् ।

पछिल्लो पटक रक्षामन्त्री इश्वर पोखरेलका सम्धी प्रा.डा. उपेन्द्र कोइराला राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त भएपछि नाताबाद र कृपाबादका कुराहरु नेपाली राजनितीमा आएका छन् । मन्त्री इश्वर पोखरेलले यसबारे स्पष्टीकरण नै दिनु परेको थियो की आफ्नो कुनै पनि हात छैन भनेर । यस्ता र यस्तै खाले बिबादहरु नेपाली राजनीतिका लागी नौलो होईन ।

यस्तै बिषयबस्तु समेटिएको फिल्म ‘सम्धी काण्ड’ आएको छ । टीका प्रसाद अम्गाईको निर्देशन तथा सुबास अम्गाई र बिनोद पहारीको अभिनय रहेको फिल्ममा बर्तमान नेपाली राजनीतिको बिबादीत बिषयलाई उठान गरेको छ ।