• गृहपृष्ठ
  • विजय र बन्दनाको तिमीलाई नै खोजिरहन्छ मन सार्वजनिक (भिडियो सहित)

विजय र बन्दनाको तिमीलाई नै खोजिरहन्छ मन सार्वजनिक (भिडियो सहित)

Aug 31st, 2020

काठमाडौ, भदौ १५

आखिर कसलाई खोज्दै छ बिजय बिष्ट र बंदना जिमोमिनको मनले ? लकडाउनको समयमा जनजिवन अस्त व्यस्त भैरहेको समायमा रोग संगसंगै धेरै कुराहरुले प्रभाव पारेको छ ।

गीत संगीतको जगतमा ३ वर्ष आफुलाई हिडाईसकेको एउटा नयाँ नाम बिजय बिष्ट हुन । आफनै संगीत र शब्दमा उमेश बि.के को साथ लिएर नवगायिका बंदना जिमोमिनको साथमा यूगल गीत तिमिलाई नै खोजीरहन्छ मन लिएर आएकाछन । गीतमा विशुद्ध मायाप्रेमलाई समेटी माया गर्ने जोडी हरुको मनको भावलाई गीतको शब्द संगीतसंगै बंदना र बिजयले आफ्नो स्वरबाट व्यक्त गरेकाछन । गीत मा संगीत समायोजन निरज श्रेष्ठले गरेकाछन भने गीतलाई रिकर्डिंग र मिक्सिंग मास्टरिंग गरि साउंडमिल स्टूडीयोमा रेकर्ड गरिएको छ । भिडियोलाई संजित के. घिसिङले छायाङकन तथा निर्देशन गरेकाछन भने मेरी लिम्बू संग बिजयनै देखिएका छन । मेकपमा बंदना आफैले काम गरेकी छिन र भिडियोको सम्पूर्ण व्यावस्थापनको जिम्मा बिशाल थापाले लिएकाछन ।

मिलिएन व्यूजÞ को होड़वाजी चलिरहेको नेपाली संगीत जगतमा एउटा नया नाम र नयाँ कामलाई स्थान पाउन गारो हुुने समयमा पनि नेपाली संगीतमा केही राम्रो कुरा लिएर आऊने यो काम लाई सबैले प्रोत्साहन गर्नुपर्छ । छोटो समयमा गीतले धेरै दर्शक को मन जित्न सफल हुदै राम्रो प्रतिक्रिया बटुल्दै आएको छ । सात दिनमै एक लाख १२ हजार भन्दा धेरै जनाले हेरिसकेको यो गीत को भिडियो पनि समग्रमा राम्रो बनेको छ ।