• गृहपृष्ठ
  • रिलायन्सको साधारण सेयरमा तीन गुणा बढी आवेदन

रिलायन्सको साधारण सेयरमा तीन गुणा बढी आवेदन

Aug 26th, 2020

काठमाडौ, भदौ १०

रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले जारी गरेको साधारण सेयरमा तीन गुणा बढी आवेदन परेको छ । कम्पनीले बिज्ञप्ती जारी गर्दे भनेको छ, कम्पनीले मिति २०७७/०५/०४ देखि २०७७/०५/०८ सम्म सर्वसाधारणमा प्रारम्भिक निष्काशन मार्फत जारी गरेको रु. १०० अंकित दरका ६३,००,००० कित्ता साधारण शेयरमा इच्छुक करिब ६०९,००० लगानीकर्ताहरुबाट नेपालको पुँजी बजारकै इतिहासमा प्रारम्भिक शेयर निष्काशनमा सर्वाधिक आवेदन प्राप्त भई निष्काशन गरेको धितोपत्रको ३.८५ गुणाका लागि आवेदन पर्न गएकोमा हामीप्रति देखाउनु भएको विश्वासको लागि सम्पूर्ण लगानीकर्तामा हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

साथै सो कार्यमा सहयोग गर्नुहुने बीमा समिति, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि., धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लि., शेयर प्रत्याभूतिकर्ता – प्रभु क्यापिटल लि., मिडिया हाउसहरु, कम्पनीको संचालक समिति, संस्थापकहरु, कम्पनीका कर्मचारी, रिलायन्स साथी (अभिकर्ता), ग्राहक तथा शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछांै, बिज्ञप्तीमा भनिएको छ ।