नेप्सेमा २१ अंकले बृद्धि

Aug 26th, 2020

काठमाडौ, भदौ १०

आज बुधबार नेप्से उच्च अंकले बढेको छ । नेप्से आज २१ दसमलव एक अंकले बढेर १४ सय ६२ दसमलव तीन अंकमा पुुग्दा सेन्सिटिभ पनि चार दमसलव ७७ अंंकले बढेर दुुई सय ९८ दसमलव ७४ अंकमा चढेको छ । आज एक सय ८६ कम्पनीहरुको ३४ हजार छ सय २० वटा कारोवारमा ५८ लाख ८२ हजार एक सय एक कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम दुुई अर्ब ६५ करोड ६१ लाख ६३ हजार सात सय ३० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा टे«डिङ र जीवन बीमा समुहको सुचक घटेकाछन भने बाँकी समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २२ दसमलव ९३ अंकले बढेर १२ सय २४ दसमलव ५३ अंकमा चढेको छ भने निर्जिवन बीमा, बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा समृद्धि फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।