• गृहपृष्ठ
  • मानस राजको फरक शैलीको गीत‘उठ्न देउ….. (हेर्नुस् भिडियाे)

मानस राजको फरक शैलीको गीत‘उठ्न देउ….. (हेर्नुस् भिडियाे)

Aug 25th, 2020

काठमाडौ, भदौ ९

गायक मानस राजले यसअघि चर्चा कमाएका भन्दा फरक धारको ‘उठ्न देउ…’बोलको गीत सार्वजनिक गरेकाछन् । उनले मंगलबार युट्युबमार्फत उक्तगीत सार्वजनिक गरेकाहुन् । गीतमा संगीत र स्वर गायक मानस राजकै छ । गीतका शब्द भने मनिष वशिष्ठका रहेका छन् । मानस राजको निक्कै मिठो स्वरमा उत्कृष्ठ शब्दले गीत कर्णप्रियबनेको छभन्दा फरक नपर्ला ।

गीतको अर्को पाटो म्यूजिक भिडियो निक्कै सशक्त बनेको छ । गायक मानस राजले भनेको ‘फरक काम’को प्रयास भिडियोमा देखिन्छ । म्यूजिक भिडियोमा मुख्य भूमिकाको रुपमा सञ्जुबाबा देखिएका छन् । उनको अभिनय विशेष छ । संगीता थापा, बालकलाकार क्रिभिषेश खड्का लगायतको अभिनय पनि यो गीतमा देख्न सकिन्छ । कथाको कन्सेप्ट र निर्देशन गायक स्वयम्ले गरेका छन् । भिडियोलाई रिक्की कर्माचार्यले खिच्ने र सम्पादन गर्ने जिम्मेवारी लिएका छन् ।

सञ्जु बाबाले गीतका शब्द अनुसारको भूमिका निर्वाह गर्न सकेका छन् । पेशागत समस्याले सिर्जना गरेको व्यवहारिक कठिनाइ र त्यसपछि तहसनहस बनेको जीवन कसरी फेरि उठाउन सकिन्छ भन्ने कुरा भिडियोमा देखाइएको छ । व्यवहारिक समस्यापछि व्यक्ति कुलतमा फस्न सक्छ र उसको चेत खुलेपछि पुनः सामान्य जीवनमा आउन सक्छ भन्ने सन्देश यो भिडियोले दिएको छ । म्यूजिक भिडियोले गीतका शब्द, सञ्जुबाबा र उनको अभिनयलाई जीवन्तता दिएको छ । यो भिडियोको क्यारेक्टर रियल भएको गायक मानसराज बताउँछन् ।