नेप्सेमा नौ अंकले बृद्धि

Aug 25th, 2020

काठमाडौ, भदौ ९

नेप्से आज पनि बढेको छ । नेप्से आज मंगलबार नौ दसमलव ३४ अंकले बढेर १४ सय ४० दसमलव ९४ अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ८३ अंकले बढेर दुुई सय ९३ दसमलव ९७ अंकमा चढेको छ । आज एक सय ८९ कम्पनीहरुको २४ हजार एक सय एक वटा कारोवारमा ३९ लाख ४० हजार छ सय ९१ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब ८५ करोड ५१ लाख ८० हजार पाँच सय १० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा तीन वटा समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । आज बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव दुुई अंकले बढेर ११ सय ९९ दसमलव ८७ अंकमा चढेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि २६ दसमलव ६७ अंकले बढेर सात हजार एक सय २३ दसमलव ८९ अंकमा चढेको छ । जलबिद्युुत, जीवन बीमा, टे«डिङ, फाईनान्स, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक बढेकाछन भने बिकास बैंक, होटल र उत्पादनमुुलक समुहको सुचक घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा नेपाल पुर्नंबीमा कम्पनी परेको छ भने बढी गुमाउने कम्पनी सुचीमा समृद्धि फाईनान्स परेको छ । रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।