एकैदिन २१ अंकले बढ्यो नेप्से

Aug 24th, 2020

काठमाडौ, भदौ ८

नेप्से एकै दिन २१ अंक भन्दा बढीले बढेको छ । आज सोमबार नेप्से २१ दसमलव ११ अंकले बढेर १४ सय ३१ दसमलव ४५ अंकमा पुुग्दा सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ५२ अंकले बढेर दुुई सय ९३ दसमलव सात अंकमा चढेको छ । नेप्सेमा आज एक सय ८२ वटा कारोवारमा २७ हजार पाँच सय १७ वटा कारोवार भएकोमा ४९ लाख १९ हजार चार सय ५९ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम दुुई अर्ब १३ करोड ६६ लाख ४७ हजार नौ सय ६८ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुुंदा होटल बाहेक सबै समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १५ दसमलव ८२ अंकले बढेर ११ सय ९९ दसमलव ४२ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक सात दसमलव २२ अंकले बढेर नौ सय ५६ दसमलव ८६ अंकमा चढेको छ । बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि आज उच्च अंकले बढेकाछन ।

नेप्सेमा आज कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा छ्याङदी हाईड्रो पावर कम्पनी परेको छ । रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल पुुर्नबीमा कम्पनी परेको छ ।