• गृहपृष्ठ
  • पीएसजीलाई पराजित गर्दै बायर्न म्युनिखले छैटौं पटक जित्यो च्याम्पियन्स लिग फुटबलको उपाधि

पीएसजीलाई पराजित गर्दै बायर्न म्युनिखले छैटौं पटक जित्यो च्याम्पियन्स लिग फुटबलको उपाधि

Aug 24th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, ८ भदौ

बायर्न म्युनिखले छैटौं पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलको लिस्बोनमा आईतबार राति लिग अन्तरगत भएको खेलमा फ्रेन्च क्लब पीएसजीलाई १–० ले पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको हो।

बायर्न म्युनिखलाई जित दिलाउन किङ्सले कोमानले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

किङ्सले कोमानले खेलको ५९ औं मिनेटमा सो गोल गरेका हुन् । सोही गोल बायर्न म्युनिखलाई छैटौं पटक च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाउन पर्याप्त बन्यो । कोमानले सो गोल जोसुवा किमिचको पासमा हेडमार्फत गरेका हुन् ।

जितसंगै बायर्न म्युनिखले छैटौं पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । बायर्नले अन्तिमपटक सन् २०१३ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । यस अघि बायर्नले १९७४, १९७५, १९७६,२००१ र २००१३ मा उपाधि जितेको थियो । बायर्न म्युनिखले यस अघि यो सिजनको बुंडेसलिगाका साथै जर्मन कपको पनि उपाधि जितेको थियो ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको थियो । पहिलो पटक फाइनल पुगेको पीएसजीको च्याम्पियन्स लिग जित्ने सपना यसपटक पूरा हुन सकेन ।पीएसजीले पहिलो सेमिफाइनल खेलमाजर्मन क्लब आरबी आईपजिगलाई ३–० गोल अन्तरले पराजित गर्दै पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको थियो ।

कोरोनाभाइरसका कारण करिब पाँच महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग फुटबल गत साउन १९ देखि पुनः शुरु भएको थियोे। युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको महामारी तिब्र भएसँगै प्रतिस्पर्धा गत मार्चमा एकाएक स्थगित गरिएको थियोे।