नेप्से १२ अंंकले बढ्यो

Aug 23rd, 2020

काठमाडौ, भदौ ७

साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से सुचक तथा कारोवार रकम दुुबै नै बढेकाछन । नेप्से १२ दसमलव ७७ अंकले बढेर १४ सय १० दसमलव ३४ अंकमा पुुग्दा सेन्सिटिभ पनि एक दसमलव १९ अंकले बढेर दुुई सय ८९ दसमलव ५५ अंकमा चढेको छ । एक सय ८४ कम्पनीह्रुको १६ हजार पाँच सय ७९ वटा कारोवारमा २४ लाख ९८ हजार छ सय ६२ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब १० रकोड ८० लाख ५३ हजार पाँच सय ९७ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा टे«डिङ, जलबिद्युुत र सामुुहिक लगानी कोष समुहको सुचक घटेर बाँकी नौ वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव आठ अंकले बढेर ११ सय ८३ दसमलव ६० अंकमा चढेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि दुुई सय ३३ दसमलव २२ अंकले बढेर छ हजार नौ सय ६८ दसमलव ५२ अंकमा चढेको छ । बिकास बैंक, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुुबित्त बित्त समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा समृद्धि फाईनान्स परेको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा पञ्चकन्यामाई हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेको इन्स्योरेन्स कम्पनी परेको छ ।