• गृहपृष्ठ
  • ओपोलाई फाईन्ड एक्सटू प्रोका लागि ईआईएसए एड्भान्स्ड स्मार्टफोन २०२०,२०२१ एवार्ड प्रदान

ओपोलाई फाईन्ड एक्सटू प्रोका लागि ईआईएसए एड्भान्स्ड स्मार्टफोन २०२०,२०२१ एवार्ड प्रदान

Aug 23rd, 2020

काठमाडौ, भदौ ७

यूरोपियन ईमेज एण्ड साउन्ड एसोसिएशन (ईआईएसए) ले ओपो फाइन्ड एक्सटू प्रोलाई ‘ईआईएसए एडभान्स्ड स्मार्टफोन २०२०,२०२१’ उपाधि प्रदान गरेको छ । ईआईएसए विश्वका सर्वाधिक सम्मानित ६१ कञ्जुमर ईलेक्ट्रोनिक्स म्यागेजिनहरु समाविस्ट एक समुह हो ।

‘ओपोको अत्याधुनिक प्रविधिहरु सुसज्जित फाइन्ड एक्सटू प्रोमा अत्याकर्षक डिजाइनको प्रयोग गरिएको छ, टाक्टाइल भेगन लेदर फिनिस सहितको डिजाइन अझ विशेष छ । यसले प्रयोगकर्तालाई तिनका दैनिकीमा विशिष्ट अनुभव प्रदान गर्छ । प्रिमियम प्रतिस्पर्धा भन्दा धेरै माथि यो ओपोको हालसम्म कै सर्वोत्कृष्ट स्मार्टफोन हो ’, इआईएसएले उल्लेख गरेको छ ।

‘ईआईएसएद्वारा पहिलो पटक ओपो फाइन्ड एक्सटू प्रोका लागि यो एवार्ड पाउँदा हामी निकै गौरवान्वित छौं । हाम्रा प्रयोगकर्तालाई समग्र फाइभजी अनुभव प्रदान गर्ने लक्ष्यका साथ हामी आफ्ना उत्पादनमा स्क्रिन, फोटोग्राफी, चार्जिङ, ब्याट्री लाइफ र डिजाइन लगायत हरेक पक्षमा निरन्तर नवप्रबर्तन पस्कने प्रयासमा छौँ । स्पष्ट, सहज र ब्यवसायिक ओपो फाइन्ड एक्सटू सिरिजले स्मार्टफोन उद्योगकै क्षेत्रमा नयाँ मानक प्रस्तुत गरेको छ । यसले मोबाइल अन्तरक्रिया, डिस्प्ले अनुभव लगायतलाई फाइभजी यूगका लागि नयाँ प्रस्तुति पस्केको छ’, ओपो वेस्टर्न यूरोपका अध्यक्ष म्यागी छ्यूले भने ।

ओपो फाइन्ड एक्सटू प्रोमा बजारकै सर्वोत्कृष्ट गुणस्तरको १२० एचजेड रिफ्रेस रेट सहितको क्यूएचडी+ एमोलेड स्क्रिन जडान गरिएको छ । यसमा अत्याधुनिक फोटोग्राफी अनुभव प्रदान गर्ने सोचका साथ अल्ट्रा भिजन क्यामेरा प्रणालीपनि उपलब्ध गरिएको छ । यसमा सुसज्जित फ्ल्यागशिप क्वालकम (आर) स्न्यापड्रागन (टीएम) ९६५ मोबाइल प्ल्याटफर्म र क्वालकम (आर) स्न्यापड्रागन (टीएम) एक्स ५५ फाइभजीमोडेम (आरएफ प्रणालीका साथमा ६५ वाट सुपरभोक २.० फ्ल्याश चार्ज (ओपोद्वारा डिजाइन तथाविकास गरिएको) ले प्रयोगकर्तालाई नौलो तथा उत्साहजनक अनुभव प्रदान गर्छ ।

ईआईएसए मल्टिमिडिया प्रविधिका विशेषज्ञहरुको विश्वकै बृहत्त स्वतन्त्र सहकार्य हो । यसले कञ्जुमर ईलेक्ट्रोनिक्स बजारका क्षेत्रमा पृथक वैश्विक दृष्टिकोण प्रस्तुत गर्छ । विगत ४० बर्षदेखि ईआईएसए अवार्डले कञ्जुमर टेक्नोलोजी खरिदका लागि उपभोक्तालाई विशिष्ट स्वतन्त्र सिफारिस प्रदान गर्दै आइरहेको छ । २९ देशका फोटोग्राफी, होम थिएटर भिडियो, होम थिएटर अडियो, हाईफाई, ईन (कार र मोबाइल ईलेक्टोनिक्स म्यागेजिन र वेभसाइटको प्रतिनिधित्व गर्ने ६१ जना विशेषज्ञको टोलीले ईआईएसए अवार्डका लागि विजेताको छनोट गर्ने गर्छन् ।