• गृहपृष्ठ
  • राजेश पायल राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक (भिडियो सहित)

राजेश पायल राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक (भिडियो सहित)

Aug 22nd, 2020

काठमाडौ, भदौ ६

राजेश पायल राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘त्यो तिमि हौ’ बोलको गीतमा निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको छ । रचनाकार निर्मला राई ‘परिवेश’ले थुप्रै चलचित्रका गीत तथा एल्बमका गीतहरु लेखि सकेकीछन । मिलन चाम्सको निर्देशनमा बनेको भिडियोमा नायक दयाहाङ राई र नायिका आँचल शर्मा फिचर्ड छन् ।

महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोलाई सुदिप बरालले छायाँकन,प्रज्वलित पराजुलीले सम्पादन र जुनीम गहतराजले कलर संयोजन गरेका छन् । भिडियोको सहायक निर्देशन गिरिराज घिमिरेले गरेकाछन । भिडियोमा दयाहाङ राई र आँचल शर्मा रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।