• गृहपृष्ठ
  • स्टक ब्रोकरद्धारा सेयर कारोवारको लागि बिद्युतीय भुक्तानी प्रणालीमा आवद्ध हुन आग्रह

स्टक ब्रोकरद्धारा सेयर कारोवारको लागि बिद्युतीय भुक्तानी प्रणालीमा आवद्ध हुन आग्रह

Aug 21st, 2020

काठमाडौ, भदौ ५

स्टक ब्रोकर एसोसियसन अफ नेपालकले सेयर कारोवारको लागि बिद्युुतीय भुक्तानी प्रणालीमा आवद्ध हुुन आग्रह गरेको छ । संघले आज शुुक्रबार बिज्ञप्ती जारी गर्दे धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताहरु बजारमा उपलब्ध अनलाईन बैंकिङ्ग, कनेक्ट आईपिएस लगायतका इटरनेट तथा बिद्युतिय भुक्तानी प्रणालीहरुमा आबद्ध भई दिन आग्रह गर्दै धितोपत्र दलाल ब्ययवसायीलाई अग्रीमरुपमा तथा धितोपत्र खरिद पश्चात गर्ने भुक्तानी विद्युतीय माध्यमबाट मात्र गरिदिन अपिल गरेको हो ।

संंघले बिज्ञप्ती मार्फत भनेको छ, विश्वभर फैलिरहेको कोभिड १९ संक्रमणको जोखिम न्युनिकरण गर्दै इन्टरनेट तथा विद्युतीय माध्यमको प्रयोग गरि धितोपत्रको दोस्रो बजारमा हुने कारोबार सुचारु गर्न तथा निरन्तर सेवा संचालन गरी राख्न नियमक नेपाल धितोपत्र बोर्ड तथा बजार संचालकहरु लगाएतका निकायहरुले गरेको काम र प्रयत्नको हामी सह्राना गर्दछौ । धितोपत्र दलाल ब्यवसायी मार्फत दोस्रो बजारमा हुने कारोबारको रकम विद्युतीय माध्यमबाट लिनेदिने सम्बन्धमा नियमक नेपाल धितोपत्र बोर्डले मिति २०७७/०३/१४ र २०७७/०५/०३ मा हामि ब्यवसायीलाई दिएको निर्देशनलाई हामिले गम्भीर रुपमा लिएका छौ । सदस्य ब्यवसायीहरुले आफु मार्फत विक्रि भएको अधिकांश कारोबारहरुको भुक्तानी कारोवार प्रणालीमा उपलब्ध आईएिसबाट ग्राहकले दिएको बैंक खातामा पठाउने ब्यवस्था गरेको सर्वविदितै छ । सदस्य ब्यवसायीहरुबाट कहि कतै यसमा ढिला सुस्ती भएको भए अबिलम्ब सुधार गर्न संघ आग्रह गर्दछ, बिज्ञप्तीमा भनिएको छ ।

ब्यवसायीले आईपिएस मार्फत बिक्रि रकमको हस्तान्तरण गर्दा कतिपय ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण अध्यावधिक नगराएका कारणले रकम भुक्तानी गर्न सदस्यहरुलाई असहज भएको तथा भुक्तानी पठाएको रकम फिर्ता हुने गरेको अवस्था विद्ययमान छ । सेयर विक्रिगर्ने लगानीकर्ताले आईएिस प्रणालीबाट समयमै भुक्तानी लिन आफुले धितोपत्र विक्रि गर्नु पूर्व आफुले कारोबार गर्ने धितोपत्र दलाल ब्यवसायीलाई आफुले रकम लिन चाहेको बैंक खाताको विवरण (बैंकको नाम, शाखाको ठेगाना, खाता नम्बर) गल्ती नहुने गरी इमेल, भाईबर जस्ता विद्युतीय माध्यमबाट अद्यावधिक गराईदिनु हुन आग्रह गर्दछौ ।

त्यस्तै कतिपय लागानीकर्ताले आफुले खरिद गरेको रकम कारोवार प्रणालीबाट वा सिधै कनेक्ट आईपिएसको प्रयोग गरी भुक्तानी गरिरहेका भए पनि धेरै लगानीकर्ताहरु तथा ठूला भुक्तानीहरु अझै पनि चेक बाटै गर्ने गरेका छन । कोभिड १९ को संक्रमण न्यूनीकरण तथा नियन्त्रणलाई मध्यनजर गर्दै स्थानीय प्रशासनहरmले जारी गरेको निषेधज्ञाका कारण आवागमनमा असहजता तथा सीमित बैंकिगं कारोबार भएको यस अवस्थामा चेक मार्फत खरिद कारोवारको भुक्तानी गर्न खोज्दा धितोपत्र दलाल ब्यवसायीहरुलाई अफ्ठ्यारो पर्ने देखिएको छ । झनै नियमक निकाय नेपाल धितोपत्र बोर्डबाट समेत मिति २०७७/०५/०३ मा निर्देशन जारी भई उल्लेखित मितिले १५ दिन भित्रमा हामि ब्यवसायी र लगानीकर्ता वीच हुने कारोवारको रकम लेनदेन विद्युतीय माध्यमबाट मात्र गर्न भनिएकाले अव उप्रान्त धितोपत्र दलाल ब्यवसायहरुले बिद्युतीय माध्यम भन्दा बाहेकका माध्यमबाट भुक्तानी लिन नसक्ने अवस्था रहेको प्रष्ट पार्न चाहान्छौ, संघले भनेको छ ।