• गृहपृष्ठ
  • पोण्डस नेपाल तथा डोभ नेपालद्वारा “तीज रेडी सेल्फी” प्रतियोगिताको सुरुवात

पोण्डस नेपाल तथा डोभ नेपालद्वारा “तीज रेडी सेल्फी” प्रतियोगिताको सुरुवात

Aug 20th, 2020

काठमाडौ, भदौ ४

नेपाली नारीहरुको महान चाड तीज नजिकदै गर्दा, नारीहरुमा हर्सहुलास छाएको छ । यस खुशीको अवसरमा सहभागित जनाउनको लागि, पण्डस नेपाल तथा डोभ नेपालले नयाँ तीन रेडी सेल्फी प्रतियोगिताको सुरुवात गरेको छ ।

पण्डस नेपाल र डोभ नेपालले तीज महोत्सव मनाउन उत्साहित नेपाली महिलाहरूको लागि सेल्फी प्रतियोगिता आयोजना गरेको छ । यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि महिला सहभागीहरुले तीज मनाउनको लागि तयार भएको आफ्नो फोटो पण्डस नेपाल तथा डोभ नेपालको अधिकारिक फेसबुक पेजको इन बोक्समा पठाउनु पर्ने छ र सो फोटोहरु प्राप्त भए पस्चात प्रतियोगीहरुको सहमतिसंग पण्डस नेपाल र डोभ नेपालको अधिकारिक फेसबुक पेजमा पनि अपलोड गरिने छ र साथै सहभागीहरुको आफ्नो फेसबुक पेजमा पनि आफ्नो फोटो अपलोड गर्नु पर्ने छ ।

अपलोड भएका फोटोहरु मध्य उत्कृष्ट १० सहभागीलाई यस प्रतियोगिताको बिजेता घोषणा गरिनेछ । बिजेताले उपहार स्वरुप पण्डस र डोभको तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन् । तीज रेडी सेल्भी प्रतियोगिता भाद्र ३ देखि १६ गते सम्म सञ्चालन हुनेछ ।