छ अंकले बढ्यो नेप्से

Aug 20th, 2020

काठमाडौ, भदौ ४

आज बिहिबार नेप्से छ दसमलव २८ अंंकले बढेर १३ सय ९७ दसमलव ५७ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि एक दसमलव तीन अंकले बढेर दुई सय ८८ दसमलव ३६ अंकमा चढेको छ । आज एक सय ८२ वटा कम्पनीहरुको आठ हजार तीन सय २६ वटा कारोवारमा १२ लाख १४ हजार पाँच सय १४ कित्ता सेयर खरिद किनबेच भएकाछन भने सेयर कारोवार रकम ३९ करोड ३१ लाख २९ हजार ६८ रुपैयाँको कारोवार भएको छ ।

आज १२ वटा समुहको कारोवार हुुंदा होटल र सामुहिक लगानी कोष समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव ४२ अंकले बढेर ११ सय ७८ दसमलव ८० अंकमा चढेको छ भने जलबिद्युुत समुहको सुचक सात दसमलव ४२ अंकले बढेर नौ सय ५१ दसमलव दुुई अंकमा चढेको छ । आज बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा समृद्धि फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा जोशी हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेको इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।