• गृहपृष्ठ
  • नाफा कम भएपछि यो वर्ष १० प्रतिशत लाभांस सेयरधनिलाई , बैंकको नाफामा १३ प्रतिशतले घट्यो

नाफा कम भएपछि यो वर्ष १० प्रतिशत लाभांस सेयरधनिलाई , बैंकको नाफामा १३ प्रतिशतले घट्यो

Aug 20th, 2020

आधारभूमि संवाददाता

काठमाडौं,भदौ ४

अहिलेकै अवस्थामा बैंकहरुले औसतमा १० प्रतिशत भन्दा बढि लाभांस बाड्न सक्ने देखिदैन । जबकी गत वर्ष बैंकहरुले औसतमा साढे १८ प्रतिशत लाभांस बाडेका थिए ।

महामारी फैलिएका कारण आगामी दिनमा हुने जोखिम बहन गर्नका लागि बैंकहरुले त्यस्तो बितरणयोग्य नाफा नबाडी पछि बाड्न मिल्ने गरि रिटेन अर्निङ रिजर्भमा राख्न सक्छन् । जसक कारण बितरणयोगय नाफा अनुसार नै पनि सेयरधनिहरुले लाभांस नपाउन सक्छन् ।

महामारी नियन्त्रणमा नआउदा ब्यापार व्यवसाय चल्न सकेका छैनन् । केहि व्यवसायबाट नै पलायन भएका छन् भने केहि महामारी नियन्त्रणमा आउँला र ब्यापार गरौला भनेर व्यवसाय नभएपनि सटर रुङेर बसेका छन् । हालैमात्रै राष्ट्र बैंकले गरेको अध्ययनमा बन्दाबन्दीका अवधिमा २२ दशमलव ५ प्रतिशत कर्मचारीले रोजगारी गुमाएको देखिएको छ । यसरी आम्दानी गुमेपछि कैयनले बैंकको ब्याज र किस्ता तिर्न सकेका छैनन् । जसको सिधा असर बैंकको नाफामा परेको छ ।

असार मसान्त सम्मको वित्तीय विवरणका अनुसार बैंकहरुको कुल नाफा १३ दशमलव सात नौ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा ६३ अर्ब नाफा कमाएका बैंकहरुले गत वर्ष भने ५४ अर्ब ३१ करोड नाफा कमाएका छन् ।

यसरी बैंकहरुले कमाएको नाफामा गिरावट आएसँगै सेयरलगानीकर्ताले पाउने लाभांसमा पनि असर पर्ने देखिन्छ । बैंकहरुको बितरणयोग्य मुनाफामा ३७ दशमलव १८ प्रतिशतले कमि आएको छ ।

वितरणयोग्य नाफा घट्नेमा राष्ट्रिय बाणिज्य बैंक अग्रस्थानमा छ। गत वर्षको तुलनामा बाणिज्य बैंकको बितरणयोग्य नाफा २ अर्ब ५८ करोड, कृषि बिकास बैंकको १ अर्ब ६४ करोड, ग्लाबेल आइएमईको १ अर्ब ६३ करोड र नेपाल बैंकको १ अर्ब २४ करोड घटेको छ । यि सँगै सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट, एनआइसी एसिया, हिमालयन, नबिल प्रभु, नेपाल एसबिआई र नेपाल बंगलादेश बैकको पनि नाफा घटेको छ ।

सिटिजन्स, स्टाण्डर्ड चार्टड,कुमारी , मेगा र सेञ्चुरी बैंकको नाफा नै कम हुने भएका कारण गत वर्षको तुलनामा कम नाफा घटेको देखिन्छ ।