• गृहपृष्ठ
  • लियोनलाई ३-० गोल अन्तरले हराउँदै बायर्न च्याम्पियन्स लिगको फाइनलमा

लियोनलाई ३-० गोल अन्तरले हराउँदै बायर्न च्याम्पियन्स लिगको फाइनलमा

Aug 20th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, ४ भदौ

बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिस्बनमा  बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा फ्रेन्च क्लब लियोनलाई ३-० गोल अन्तरले पराजित गर्दै जर्मन क्लब बायर्न उपाधि नजिक पुगेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन सर्ज गनाब्रीले दुई गोल र रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

खेलको १८ औँ मिनेटमा सर्ज गनाब्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ३३ औं मिनेटमा गनाब्रीले व्यक्तिगत दोस्रो गोल थपेपछि बायर्न पहिलो हाफमा २-० ले अगाडि रहेको थियो ।

दोस्रो हाफको ८८ औ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्न म्युनिखको जित सुनिश्चित गरे ।

बायर्न यस सिजनको च्याम्पियन्स लिग फुटबलमा लगातार १० खेलमा अपराजित रहेको छ । बायर्नले अब उपाधिका लागि पिएसजी सँग खेल्नेछ ।

जितसंगै वायर्न म्युनिख एघारौं पटक फाइनलमा प्रवेश गरेको हो। जर्मन क्लब आरबी आईपजिगलाई ३–० गोल अन्तरले पराजित गर्दै पिएसजी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको हो ।