उच्च अंकले घट्यो नेप्से

Aug 19th, 2020

काठमाडौ, भदौ ३

नेप्से उच्च अंकले घटेको छ । नेप्से आज बुधबार १६ दसमलव छ अंकले घटेर १३ सय ९१ दसमलव २९ अंकमा झरेको छ । सेन्सिटिभ पनि दुुई दसमलव ७१ अंकले घटेर दुुई सय ८७ दसमलव सात अंकमा झरेको छ । आज एक सय ८५ कम्पनीहरुको १६ हजार आठ सय ७५ वटा कारोवारमा २४ लाख ७४ हजार तीन सय २९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ९७ करोड ६२ लाख ३५ हजार ५९ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १५ दसमलव १२ अंकले घटेर ११ सय ७३ दसमलव ३८ अंकमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय १३ दसमलव ४४ अंकले घटेर छ हजार सात सय दुई दसमलव ९० अंकमा झरेको छ । यसैगरी लघुुबित्त, बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा समृद्धि फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा पहिलो स्थानमा नागरिक लगानी कोष परेको छ ।