• गृहपृष्ठ
  • गायक सुरेश ढुुंगानाको गीत बाबा सार्वजनिक ’ (भिडियो सहित)

गायक सुरेश ढुुंगानाको गीत बाबा सार्वजनिक ’ (भिडियो सहित)

Aug 19th, 2020

काठमाडौ, भदौ ३

गायक सुरेश ढुंगानाको गीत तथा म्युजिक भिडियो “बाबा “ सार्वजनिक भएको छ । सत्य स्वरूपको संगीत रहेको सो गीतका रचनाकार कुमार खत्री हुन् भने एरेञ्जर आमोस तामांग रहेकाछन् । पाना आर्ट्सले पोस्ट प्रडक्सन गरेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन लक्ष्मी बर्देवा र जीवन भट्टराईले गरेकाछन । गीतले आफ्ना सन्तानका लागि पिताको योगदान र समर्पणको कथा बोलेको गायक ढुंगानाले बताए ।

आमाका बारेमा धेरै गीत, संगीत तथा साहित्य सिर्जना भए पनि त्यसको तुलनामा “बा“ को बारेमा धेरै कम लेखिएको हुँदा एउटा पिताले सन्तानको लागि गरेको संघर्षको विषय आफ्नो रोजाईमा परेको र गीत संगीत मार्फत आम दर्शक तथा श्रोतको सामु ल्याएको उनको भनाई छ । गीत पूर्णरूपमा पिता प्रति समर्पित भएको हुँदा कुशे औंशीको (बुवाको मुख हेर्ने दिन) दिन सार्वजनिक गरिएको गायक ढुंगानाले बताए । गीतमा पिताको शक्ति, ज्ञान, मेहेनत, विश्वास र इच्छाको चर्चा गरिएको छ ।