• गृहपृष्ठ
  • पिएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा ,एन्जल डी मारियाको महत्वपूर्ण भूमिका

पिएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा ,एन्जल डी मारियाको महत्वपूर्ण भूमिका

Aug 19th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, ३ भदौ

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ। मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा जर्मन क्लब आरबी आईपजिगलाई ३–० गोल अन्तरले पराजित गर्दै पिएसजी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको हो ।

पीएसजीलाई जित दिलाउन मार्क्विन्होस, एन्जल डि मारिया र जुवान बेर्नटले एकर एक गोल गरे ।

खेलको १३ औँ मिनेटमा पीएसजीका मार्क्विन्होसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। मार्क्विन्होसले सो गोल डी मारियाको फ्रिकिकमा हेडमार्फत गरेका हुन् । एन्जल डि मारियाले ४२औं मिनेटमा गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

दोस्रो हाफको ५६ औ मिनेटमा जुवान बेर्नटले गोल गर्दै पीएसजीको जित सुनिश्चित गरेका थिए । बेर्नटले सो गोल एन्जल डि मारियाको पासमा गरेका हुन् ।

पिएसजीले अब उपाधिका लागि वायर्न म्युनिख र लियोनबीचको विजेतासँग खेल्नेछ।