• गृहपृष्ठ
  • अपाचे आर.टि.आर २०० ४ भिको नयाँ २०२० संस्करण सार्वजनिक

अपाचे आर.टि.आर २०० ४ भिको नयाँ २०२० संस्करण सार्वजनिक

Aug 18th, 2020

काठमाडौ भदौ २

टिभिएस मोटर कम्पनीले नयाँ अपाचे आर.टि.आर २०० ४ भिको नयाँ २०२० संस्करण नेपालमा सार्वजनिक गरेको छ । नेपालमा टिभीएस् मोटर कम्पनीद्वारा उत्पादन गरिएका सम्पूर्ण सामाग्रीहरु, कम्पनीको नेपालस्थित् आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले भित्र्याउने गरेको हो ।

स्मार्ट सुविधाहरु भएकाले र साथै तत्कालिन अवस्थालाई मध्यनजर राख्दै यो मोटरसाइकल बिभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो।लाईभ स्मार्ट लन्च कार्यक्रम, जगदम्बा मोटर्सको आधिकारिक युट्युब च्यानल, फेसबुकरईन्स्टाग्राम पेज संगै लगभग १०० भन्दा बढी अन्य लोकप्रिय युट्युब च्यानल र फेसबुकरईन्स्टाग्राम पेजमार्फत पनि प्रत्यक्ष प्रशारण जाने गरि गरिएको थियो, जसमा राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काले नयाँ स्मार्ट अपाचे आर.टि.आर २०० ४ भि ए.बि.एस विथ स्मार्ट कनेक्ट अनावरण गरेका थिए । यसैगरि उक्त कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन बिभिन्न कलाकारहरु जस्तै स्वप्न सुमन, तृष्णा गुरुङ र समृद्धि राइले आफ्ना गीतहरुका साथ रमाइलो प्रस्तुति दिएका थिए । कार्यक्रममा कलाकार बर्षा राउत तथा राइड्रर सागरको पनि उपस्थिती थियो ।

कम्पनीका अनुसार टि.भि.एस अपाचे आर.टि.आर २०० ४भिको यो नयाँ मोडल आधुनिक स्मार्ट कनेक्ट सुविधायुक्त रहेको छ। यस मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन,लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका छन्, जसले बाटोमा यात्रा गर्दा अरु मोटरसाइकल भन्दा अतिरिक्त फाइदा दिने छ। साथै मोटरसाइकलमा ए.बि.एस विथ आर्.एल.पि (रियर व्हील लिफ्ट–अफ् प्रोटेक्सन), फेदर टच स्टार्ट, रेडिएल टायर, एल.इ.डि हेडलाइट, नयाँ रेसिङ ग्राफिक्स र उन्नत स्लिपर क्लच जस्ता सुविधा समेत रहेका छन् । यो अपाचे आर.टि.आर २०० ४भिको नयाँ २०२० संस्करणमा १९७.७५ सिसि एकल सिलिण्डर, ४–स्ट्रोक, ४–भल्भ, ओएल कुल्ड इन्जिन मोटर रहेको छ, जसले ८ हजार ५ सय आरपिएममा २०.५पिएस् र ७ हजार आरपिएममा १८.१ एनएम पावर उत्पादन गर्दछ । यो मोटरसाइकल सायीनिङ कालो र पर्ल सेतो दुई वटा रङ्गमा नेपालमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।