नेप्से पाँच अंकले बढ्यो

Aug 18th, 2020

काठमाडौं, भदौ २

नेप्से आज मंंगलबार पाँच दसमलव ६८ अंकले बढेर १४ सय सात दसमलव ८९ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स शुन्य दसमलव २३ अंकले घटेर दुुई सय ८९ दसमलव ७७ अंकमा पुुगेको छ । आज एक सय ८९ कम्पनीहरुको १६ हजार आठ सय वटा कारोवारमा ४१ लाख १४ हजार पाँच सय १२ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब २३ करोड ९० लाख १७ हजार चार सय २६ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुुंदा पाँच वटा समुहको गुमाएकाछन भने सात वटा समुहले कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ४७ अंकले घटेर ११ सय ८८ दसमलव ४९ अंकमा पुुगेको छ भने बिकास बैंक, होटल, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । निर्जिवन बीमा समुहको सुचक भने ५० दसमलव ८६ अंकले बढेर छ हजार आठ सय १६ दसमलव ३४ अंकमा चढेको छ । यसैगरी जीवन बीमा, जलबिद्युुत, टे«डिङ, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नागरिक लगानी कोष परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा घलेम्दी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने पहिलो स्थानमा नागरिक लगानी कोष नै परेको छ ।