• गृहपृष्ठ
  • एसइईको नतिजा सार्वजनिक, यस्तो छ नतिजाको आधार

एसइईको नतिजा सार्वजनिक, यस्तो छ नतिजाको आधार

Aug 17th, 2020

आधारभूमि संवाददाता

काठमाडौं १ भदौ

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजानिक गरेको हो ।

गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो ।

परीक्षा सञ्चालन नभएपछि विद्यालयहरुले आन्तरिक मूल्यांकन गरेको आधारमा नतिजा सार्वजनिक गरिएको हो । नतिजा टेलिफोन, एसएमएस र बेबसाइटमार्फत हेर्न सकिने छ ।

यसवर्ष ४ लाख ८२ हजार ९८६ विद्यार्थीले लागि आवेदन भरेका थिए । जसमध्ये विद्यालयहरुबाट परीक्षाका लागि ४ लाख ७४ हजार ७८ जना विद्यार्थीको विवरण प्राप्त भएको बोर्डले जनाएको छ ।

बोर्डले सो विवरणलाई रुजुर ग्रेडिङ गरी प्रमाणीकरण गरेको हो । सरकारले जेठ अन्तिम साता विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयपछि राष्ट्रिय परीक्षा बोर्डले ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको थियो ।