नेप्सेमा १० अंकले सुधार

Aug 17th, 2020

काठमाडौ, भदौ १

आज सोमबार नेप्से १० दसमलव ७५ अंकले बढेर १४ सय दुुई दसमलव २१ अंकमा चढेकोे छ । सेन्सिटिभ पनि एक दसमलव १४ अंकले बढेर दुई सय ९० अंकमा चढेको छ । एक सय ८४ कम्पनीहरुको १६ हजार सात सय २४ वटा कारोवारमा ३५ लाख ९१ हजार ४८ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब सात करोड ४९ लाख ३२ हजार पाँच सय ९७ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा जलबिद्युुत समुहको सुचक घटेर बाँकी ११ वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ५९ अंकले बढेर ११ सय ८८ दसमलव ९६ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ६२ दसमलव १३ अंकले बढेर छ हजार सात सय ६५ दसमलव ४८ अंकमा चढेको छ । बिकास बैंक, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुुबित्त समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा स्वदेशी लघुुबित्त बित्तीय संस्था पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा छयाङदी हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने पहिलो स्थानमा नेपाल बैंक परेको छ ।