• गृहपृष्ठ
  • म्यान्चेष्टर युनाईटेडलाई पराजित गर्दै सेभिया युरोपा लिगको फाईनलमा

म्यान्चेष्टर युनाईटेडलाई पराजित गर्दै सेभिया युरोपा लिगको फाईनलमा

Aug 17th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, १ भदौ

सेभिया युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ।आइतबार राति जर्मनीमा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनिस क्लब सेभियाले इंग्लिस क्लब म्यान्चेष्टर युनाइटेडलाई २-१ गोलले पराजित गरेको हो।

सेभियालाई जित दिलाउन सुसो र लुक डे जोङले एकरएक गोल गरे ।म्यान्चेष्टर युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले एक गोल गरे ।

खेलमा पहिलो अग्रता म्यान्चेष्टर युनाइटेडलेनै लिएको थियो । खेलको ९ औँ मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ब्रुनो फर्नान्डेजले सो गोल पेनाल्टीमा गरेका हुन् । मार्कुस रासफोर्डलाई डिएगो कार्लोसले फल गरेपछि युनाईटेडले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसपछि सेभियाका सुसोले २६ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको ७८ औ मिनेटमा सेभियाका लुक डे जोङले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । त्यसपछि कुनै गोल हुन सकेन र सेभिया युरोपा लिगको फाईनलमा प्रवेश गरेको हो ।

यो संगै सेभिया छैटौं पटक युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि शुक्रबार प्रतिस्पर्धा हुनेछ।सेभियाले उपाधिका लागि अब सख्तर डोनेस्क र ईन्टर मिलानबीचको विजेतासंग खेल्नेछ ।