• गृहपृष्ठ
  • क्रिकेटर चेतन चौहानको कोरोनाभाइरस संक्रमणबाट निधन

क्रिकेटर चेतन चौहानको कोरोनाभाइरस संक्रमणबाट निधन

Aug 16th, 2020

गुरुग्राम, हरियाणा, ३२ साउन /एएनआई

कोरोनाभाइरसबाट संक्रमित भारतका पूर्व क्रिकेट खेलाडी एवं उत्तर प्रदेशका मन्त्री चेतन चौहानको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा आइतबार निधन भएको छ । उहाँ ७३ वर्षका हुनुहुन्थ्यो ।

उहाँको स्वास्थ्य अवस्था शनिबार निकै नाजूक अवस्थामा पुगेको थियो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चौहानको निधनप्रति गहिरो दुःख प्रकट गर्नु भएको छ ।

चेतन चौहान सन् १९७० को दशकमा भारतीय क्रिकेटका प्रमुख खेलाडी रहनुका साथै उहाँ महान भारतीय क्रिकेटर सुनिल गावस्करसँग मिलेर इनिङको शुरुआत गर्नु हुन्थ्यो । उहाँले सन् १९६९ मा न्यूजील्यान्ड विरुद्ध पहिलो टेस्ट म्याच खेल्नु भएको थियो ।

यी दायाँ हाते ब्याट्सम्यानले ४० वटा टेस्ट खेलेर व्यक्तिगत २ हजार ८४ रन बनाउनु भएको थियो । उहाँले ७ वटा एकदिवसीय क्रिकेट खेल्नु भएको थियो ।

गत अगस्टमा उत्तर प्रदेशकी मन्त्री कमला रानीको पनि लखनउमा कोरोनाभाइरस संक्रमणकै कारण निधन भएको थियो ।