एकैदिन १७ अंकले घट्यो नेप्से

Aug 16th, 2020

काठमाडौ, साउन ३२

आज आईतबार एकै दिन नेप्से १७ दसमलव ३३ अंकले घटेर १३ सय ९१ दसमलव ४६ अंकमा पुुगेको छ । सेन्सिटिभ पनि चार दसमलव ९८ अंकले घटेर दुुई सय ८८ दसमलव ८६ अंकमा झरेको छ । एक सय ८५ कम्पनीहरुको २१ हजार छ सय नौ वटा कारोवारमा ४३ लाख ७१ हजार आठ सय ५४ कित्ता सेयर किनबेच हुंदा कारोवार एक अर्ब २५ करोड ९३ लाख २० हजार आठ सय ५० रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा टे«डिङ समुहको सुचक बढेपनि बाँकी ११ वटा समुहको सुचक घटेकाछन । ति मध्ये पनि बाँणिज्य बैक समुहको सुचक १९ दसमलव ३६ अंकले घटेर ११ सय ८२ दसमलव ३७ अंकमा झरेको छ भने जलबिद्युत समुहको सुचक पनि पाँच दसमलव ७९ अंकले घटेर नौ सय ४९ दसमलव ६२ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा स्वदेशी लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा आखुुखोला जलबिद्युुत कम्पनी परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल बैंक परेको छ ।