जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Aug 16th, 2020

काठमाडौं, ३२ साउन

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा बस्ने कीर्तिपुर घर भएका १९ वर्षीय सबिन मानन्धरले एक महिलालाई जबजस्ती करणी गरेको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको छ ।

फेसबुक मार्फत चिनजान भएकी ती महिलालाई ललाई फकाई प्रलोभनमा पारी होटलमा बोलाएर साउन २९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सबिनलाई कीर्तिपुरबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।