• गृहपृष्ठ
  • मोटरसाइकलसहित नदीमा खस्दा एकको मृत्यु, एक बेपत्ता

मोटरसाइकलसहित नदीमा खस्दा एकको मृत्यु, एक बेपत्ता

Aug 16th, 2020

दाङ, ३२ साउन

लमही नगरपालिका-४ बलारामपुरस्थित सडकमा लु.५७ प ८८८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गढवा गाउँपालिका-७ बस्ने २५ वर्षीय सुरज चौधरीको मृत्यु भएको छ ।

दुर्घटना भई बलरामपुर नदीमा खसेका चौधरीको घटनास्थलबाट १५ मिटर टाढा नदीको किनारमा शव फेला परेको हो । साथै मोटरसाइकलमा सवार सोही स्थान बस्ने २५ वर्षीय मनोज चौधरी नदीले बगाई बेपत्ता भएका छन् । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई बेपत्ताको खोजी गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ ।