• गृहपृष्ठ
  • नेपाली सेनाद्धारा सिन्धुपाल्चोकमा खोज तथा उद्धार कार्य जारी

नेपाली सेनाद्धारा सिन्धुपाल्चोकमा खोज तथा उद्धार कार्य जारी

Aug 16th, 2020

काठमाडौ, साउन ३२

नेपाली सेनाले सिन्धुपाल्चोकमा खोज तथा उद्धार कार्य जारी राखेको छ । यही साउन ३० गते सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं.२ मा गएको पहिरोमा परिहराइरहेका व्यक्तिहरुको नेपाली सेनाको खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको हो ।

नेपाली सेनाको श्री गोरख बक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय वासिन्दा लगायत अन्य निकायहरुको सहयोगमा हालसम्म चार जना महिला, तीन जना पुरुष, पाँच जना बालिका र सात जना बालक गरि जम्मा १९ जनाको शव फेला पारेको छ । उक्त पहिरोमा परि हराइरहेका २० जनाको खोजी कार्य जारी राखेको छ । यही साउन ३० र ३१ गते नेपाली सेनाको एमआई १७ हेलिकप्टरद्वारा खाद्यान्न, लत्ता कपडा, पाल लगायत अत्यावश्यक राहत सामग्री ढुवानी गरी उक्त स्थानमा पुर्याएको छ ।

स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय वासिन्दा लगायत अन्य निकायहरुसँग निरन्तर समन्वय र सहकार्य गरी नेपाली सेनाका ४७ जना खोज तथा उद्धार कार्यमा खटिइरहेको नेपाली सेनाले जनाएको छ ।