सुनको मूल्यमा सामान्य गिरावट

Aug 16th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, साउन ३२

सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार ४०० मा झरेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार ६०० मा कारोबार भएको थियो । महासङ्घले आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ९०० तोकेको छ । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार १०० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेको छ । आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु १३ सय २५ तोकेको छ ।शुक्रबार चाँदी तोलामा रु १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
http://www.fenegosida.org/