• गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड १६ लाख नाघ्यो (अपडेट)

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड १६ लाख नाघ्यो (अपडेट)

Aug 16th, 2020

काठमाडौँ, ३२ साउन

आधारभूमि संवाददाता
काठमाडौँ, ३२ साउन

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड १६ लाख नाघेको छ ।

नेपाली समय आइतबार १०:०० बजे सम्म विश्वभरीमा दुई करोड १६ लाख १५ हजार ३३५ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड ४३ लाख २९ हजार ७४३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६५ लाख १६ हजार ६२३ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ४४५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ७ लाख ६९ हजार ९६९ व्यक्तिको मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ५५ लाख २९ हजार ७८९ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ७२ हजार ६०६ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ३३ लाख १७ हजार ८३२ जना सङ्क्रमित भएका छन् भने १ लाख ७ हजार २९७ जनाको मृत्यु भएको छ ।

त्यसतै तेस्रो धेरै प्रभावित भएको भारतमा २५ लाख ८९ हजार २०८ जना सङ्क्रमित भएका छन् भने ५० हजार ८४ जनाको मृत्यु भएको छ ।

स्रोत : वर्ल्डोमीटर
https://www.worldometers.info/coronavirus/