• गृहपृष्ठ
  • मनमैजुमा छुरा प्रहार गरि हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

मनमैजुमा छुरा प्रहार गरि हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

Aug 15th, 2020

काठमाडौं, साउन ३१

मनमैजुमा छुरा प्रहार गरि हत्या गरी फरार रहेका व्यक्ति पक्राउ परेकाछन । महानगरी प्रहरी परिसर काठमाडौका अनुसार साउन ३० गते अन्दाजी २०ः३५ वजेको समयमा नुवाकोट तार्केश्वर गा.पा. ६ स्थायी घर भई हाल का.जि. तार्केश्वर न.पा. ६ लोलाङ वस्ने वर्ष २४ को लक्ष्मण रीमाल तामाङलाई का.जि. टोखा न.पा. ९ मितेरी पुल स्थितमा धारीलो हतियार प्रहार गरिएको थियो ।

प्रहरीका अनुसार साउन ३० गते राती अन्दानी २०ः४० बजे काठमाडौको टोखा न.पा ९ तार्केश्वर न.पा वसन्तटोल स्थित गोर्खाली खाजा घरमा लक्ष्मण तामाङ र दोर्जे शेर्पा समेतको केटाहरु विच झगडा हुँदा दोलखा गौरीशंकर गा.पा. वडा नं. ३ डाँडाखर्क स्थायी घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १६ वसन्तनगर वारदात स्थल नजिकै डेरा गरि वस्ने वर्ष २४ को आङदोर्जे शेर्पाले नुवाकोट तार्केश्वर गा.पा वडा नं ६ स्थाई घर भई हाल काठमाडौको तार्केश्वर न.पा वडा नं ५ डेरा गरि वस्ने लक्षे भन्ने लक्ष्मण तामाङलाई छुरा प्रहार गरेकोमा तामाङ शख्त घाईते भई उपचारार्थ ग्रीनसिटी अस्पताल लगिएकोमा उपचारको क्रममा सोही दिन राती २३ः२० बजे मृत्युु भएको थियो ।

सो घटना पश्चात तत्काल फरार रहेका अभियुक्त दोर्जे शेर्पालाई महानगरीय अपराध महाशाखा, मनप्र परिसर काठमाडौ तथा मातहत समेतवाट परिचालन संयुक्त टोलीले खोज तलास गर्ने क्रममा आज शनिबार बिहान नौ ४५ बजेको समयमा काठमाडौको माछापोखरी स्थित नागार्जुन गेष्ट हाउसको कोठा नं. १०१ मा लुकीछिपी वसी राखेको अवस्थामा फेलापारी नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।