• गृहपृष्ठ
  • ग्लोवल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा बज्राचार्य

ग्लोवल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा बज्राचार्य

Aug 14th, 2020

काठमाडौ, साउन ३०

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामी चार वर्षे कार्यकालका लागि बज्राचार्यलाई प्रमख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैकका अनुसार नवनियुक्त प्रमुख कार्यकारी बज्राचार्यको कार्यकाल यही भदौ एक गतेबाट सुरु हुुने छ । सनराइज बैंक भन्दा अगाडि उनी ग्लोबल आइएमइ बैंककै प्रमुख कार्यकारी अधिकृत समेत रहेका बज्राचार्यसँग बैंक तथा वित्तीय क्षेत्रमा करिव ४० वर्षको अनुभव रहेको छ । २० बर्षभन्दा बढी राष्ट्र बैंकमा समेत काम गरिसकेका बज्राचार्य नेपालका वरिष्ठ चाटर्ड एकाउन्टेन्ट हुन ।