• गृहपृष्ठ
  • थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि , २४० जना डिस्चार्ज

थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि , २४० जना डिस्चार्ज

Aug 14th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ३० साउन

नेपालमा थप ५९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका ३९ प्रयोगशालामा ११ हजार ५७५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या २५ हजार ५५१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ५७५  जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १४ हजार ६३८ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या सात हजार ९१३  छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ रहेका छन् ।

थप २४० जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २४०  जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट २४०  जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १७ हजार ७७ पुगेको छ । त्यस्तै कोरोनाका सङ्क्रमित शून्य रहेका जिल्लामा सङ्खुवासभा, मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।