• गृहपृष्ठ
  • ग्लोबल आइएमई बैंकद्वारा आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा

ग्लोबल आइएमई बैंकद्वारा आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा

Aug 14th, 2020

काठमाडौ, साउन ३०

ग्लोबल आइएमई बैंक लिमिटेडले कोरोनाभाइरस (कोभिड–१९) को बढ्दो कहरलाई मध्यनजर गर्दे आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ ।

बैंकले यस बिषम र प्रतिकुल अवस्था पनि आफ्ना ग्राहकहरुलाई सेवा दिनका लागि खटीरहेका कर्मचारीहरुको सुरक्षालाई प्राथमिकता दिईस्थायी, करार, प्रशिक्षार्थी तथा परिक्षणकालमा रहेका, कार्यालय सहयोगी, सुरक्षा गार्ड लगायत बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोभिड–१९ बीमा गराएको हो ।

बैंकले आफ्नो हरेक कर्मचारीको १ लाख रुपैंया बराबरको बीमा गराएको छ । बीमामा उल्लिखित सम्झौता अनुसार बैंकको कर्मचारीमा कोरोना संक्रमण भई पि.सि.आर. परिक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको अवस्थामा बीमा कम्पनीबाट बीमा दावी रकम भुक्तानी हुने व्यवस्था मिलाएको छ। यो कोरोना बीमावाट बैंकमा कार्यरत कर्मचारीहरुको मनोबल बढ्नुका साथै कर्मचारीहरुलाई आर्थिक राहत समेत मिल्ने बैंकले विश्वास लिएको छ ।

बैंकले सुरक्षाका उपायहरु अपनाएर सेवा प्रदान गर्दे आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई मास्क, सेनिटाइजर, पन्जा, फेस सिल्ड लगाएका अत्यावश्यक सामग्रीहरुको अभाव हुन नदिई सुरक्षितरुपमा सेवा प्रदान गर्न अभिप्रेरित गरेको छ । बैंकले कोरोनाको यस महामारीबाट आफ्ना कर्मचारीवर्ग, ग्राहकवर्ग र अन्य सर्वसाधारणलाई जोखिमुक्त रहन सुझाव दिँदै आएको छ ।