• गृहपृष्ठ
  • रिलायन्स लाईफले सर्वसाधारणमा प्रारम्भिक शेयर निष्काशन गर्ने

रिलायन्स लाईफले सर्वसाधारणमा प्रारम्भिक शेयर निष्काशन गर्ने

Aug 13th, 2020

काठमाडौ, साउन २९

रिलायन्स लाइफ इन्स्योरेन्स यही भदौ चार गतेदेखि सर्वसाधारणमा एक सय रुपैयाँ अंकित दरका ६३ लाख कित्ता शेयरको प्रारम्भिक निष्काशन गर्ने भएको छ । कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात् ६३ करोड रुपैयाँ बराबरको शेयर सार्वजनिक निष्काशन गरे पश्चात् कम्पनीको चुक्ता पूँजी दुुई अर्ब १० करोड कायम हुनेछ । सो शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लि. रहेको छ ।

सार्वजनिक निष्काशन गरिने ६३ लाख कित्ता शेयर मध्ये कम्पनीमा कार्यरत कर्मचारीको लागि तीन लाख १५ हजार कित्ता शेयर, नेपाल धितोपत्रबोर्ड बाट स्वीकृति प्राप्त सामुहिक लगानी कोषको लागि तीन लाख १५ हजार कित्ता शेयर र बाँकी ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधरणको लागि निष्कासन गरिने छ । बीमा समिति बाट पछिल्लो समय इजाजतप्राप्त १० नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सर्वसाधारणमा शेयरको सार्वजनिक निष्काशन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हुनेछ । कम्पनीले बजारको माग अनुरुप नयाँ तथा उत्कृष्ट बीमा योजनाहरु प्रतिस्पर्धात्मक बीमा शुल्कमा ल्याई आफ्नो सेवाको गुणस्तरलाई उच्च राखी कार्य गरिरहेको छ । साथै डिजिटाइजेशनलाई समेत आत्मसाथ गर्दै आफ्नो सेवाको गुणस्तर थप वृद्धि गर्न लागि परेको छ ।

सिद्धार्थ बैंक लगायत नेपालका प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित रिलायन्स लाइफ इन्स्योरेन्सले मिति २०७४/०८/०१ गतेदेखि विधिवत्रुपमा जीवन बीमा व्यवसाय संचालन गर्दै हाल एक सय वटा शाखा÷उपशाखा कार्यालयहरु मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।