नेप्सेमा १६ अंकले गिरावट

Aug 13th, 2020

काठमाडौ, साउन २९

आज बिहिबार पनि नेप्से १६ दसमलव ५३ अंकले घटेर १४ सय आठ दसमलव ७९ अंकमा झरेको छ सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ४५ अंकले घटेर दुुई सय ९३ दसमलव ८४ अंकमा झरेको छ । आज एक सय ९१ वटा कारोवारमा २१ हजार सात सय १४ वटा कारोवारमा ३४ लाख नौ हजार चार सय ६१ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब सात करोड ४३ लाख सात हजार चार सय ५८ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा टे«डिङ समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन । सो मध्ये पनि बाँणिज्य बैंक समुहको सुचक १६ दसमलव तीन अंकले घटेर १२ सय एक दसमलव ७३ अंकमा झरेको छ भने जलबिद्युुत, बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा दिव्येश्वरी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा नेपाल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।