• गृहपृष्ठ
  • पिएसजी २५ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

पिएसजी २५ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

Aug 13th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, २९ साउन

पेरिस सेन्ट जर्मन (पीएसजी) २५ वर्षपछि च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएको खेलमा एटलान्टालाई २-१ ले पराजित गर्दै पीएसजी सेमिफाइनलमा प्रवेश गरेको हो ।

पीएसजीलाई जित दिलाउन मार्क्विन्होस र म्याक्सिम चोउपो मोटिङले एक/एक गोल गरे ।एटलान्टाकालागि मारियो पलासिकले एक गोल गरे । पीएसजीले दुवै गोल दोस्रो हाफमा गरेको हो

खेलमा पहिलो अग्रता एटलान्टालेनै लिएको थियो । खेलको २६ औँ मिनेटमा एटलान्टाका मारियो पलासिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको अन्तिम मिनेटमा नेयमारको पासमा मार्किन्होसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि म्याक्सिम चोउपो मोटिङले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै पीएसजीलाई जित दिलाए। मोटिङले केलियन एम्बाप्पेको पासमा सो गोल गरेका हुन् ।

फ्रेन्च च्याम्पियन पिएसजीले २५ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो । यसअघि पिएसजी एक पटकमात्र १९९४-९५ मा सेमिफाइनल पुगेको थियो ।

अब पिएसजीले सेमिफाइनलमा एट्लेटिको मड्रिड र आरबी आईपेजिंगबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ।